Category: Geopolitics

  • थाइल्यान्डमा कूको चर्चा: चिनियाँ रेलमार्ग सम्झौता प्रमुख कारण ?

    थाइल्यान्डकी प्रधानमन्त्री पेतोङतार्न शिनावात्राको राजीनामा माग्दै लगातार प्रदर्शनहरू भइरहँदा कतै फेरि सैन्य कू हुन लागेको त हैन भनी आशंका व्यक्त गरिएका छन् । अमेरिकाको प्रभावशाली थिंकट्यांक काउन्सिल अन फरेन रिलेशन्समा जोशुआ कुर्लान्तजिकले लेखेको ‘इज ए कू कमिङ सून इन थाइल्यान्ड ?’ शीर्षकको लेखले थाइल्यान्डमा कूको सम्भावनालाई औंल्याएको हो । सन् १९३० को दशकमा सक्रिय राजतन्त्र…

  • बहुध्रुवीय विश्वमा डिजिटल सार्वभौमसत्ताको अभ्यास, गुटबन्दी कि स्वायत्तता स्थापनाको प्रयास ?

    अघिल्लो साता डेनमार्कको डिजिटल अफेयर मन्त्रालयले अमेरिकी प्रविधिमाथिको निर्भरता घटाउनका लागि माइक्रोसफ्टको साटो लिनक्स उपयोग गर्ने निर्णय लिएपछि डिजिटल सार्वभौमसत्ताको बहस छेडिएको छ । डेनमार्कको उक्त मन्त्रालयका लगभग आधा कर्मचारीले आफ्नो कम्प्युटरमा अफिस ३६५ को साटो लिब्रे अफिस सफ्टवेयर उपयोग गर्ने भएका छन् । सबै कुरा योजनामुताबिक भएमा मन्त्रालयका सबै कर्मचारीले आगामी अक्टोबर महिनासम्ममा ओपन…

  • इजरायल र इरानबीच तनाव: के हो नेतान्याहुको ‘गेमप्लान’ ?

    लामो समयदेखि पश्चिम एसियामा चलिरहेको तनावलाई थप चर्काउने गरी इजरायल र र इरानले तीन दिनयता आक्रमण र प्रत्याक्रमणको सिलसिला चलाएका छन् । अमेरिका र इरानबीच आणविक कार्यक्रममा रोक तथा आर्थिक प्रतिबन्धमा फुकुवा विषयमा हुन लागेको निर्णायक वार्ताको पूर्वसन्ध्यामा गत शुक्रवार (१३ जुन) मा इजरायलले इरानमाथि हवाई आक्रमण गरेको थियो । उक्त आक्रमणमा परि इरानी सेनाका…

  • भारतमा माओवादी विद्रोह कसरी पुग्यो मृत्युशय्यामा ?

    भारतमा विगत ६ दशकदेखि चलिरहेको हिंसात्मक माओवादी विद्रोह क्रमशः अन्त्य हुँदै जान थालेको देखिएको छ। मोदी सरकारले सन् २०२४ मा वामपन्थी अतिवाद (लेफ्ट विङ एक्सट्रिमिजम) अन्त्य गर्नका लागि अपरेशन कगार नाम दिइएको सुरक्षा कारवाही घोषणा गरेपछि माओवादीका ठूला नेता र कार्यकर्ताहरू ठूलो संख्यामा हताहत भएका छन् । गत मे २१ मा भाकपा (माओवादी) का महासचिव…

  • ट्रम्प र मस्कबीच विवादको खास कारण के हो ? अब के हुन्छ ?

    गत साता अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उनका पूर्वमित्र अर्बपति इलोन मस्कबीचको झगडा सामाजिक सञ्जालमा छताछुल्ल भएपछि त्यसको वास्तविक कारणका विषयमा सोधीखोजी भइरहेको छ । ट्रम्प प्रशासनमा सरकारी अपव्ययलाई नियन्त्रण गर्नका लागि बनाइएको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी (डोज) को जिम्मेवारीबाट हटेलगत्तै मस्क र ट्रम्पबीच विवाद चर्किएको हो । विशेषगरी, मस्कले ट्रम्पको महत्त्वाकांक्षी विधेयकविरुद्ध लगातार आलोचना…

  • रुसी हवाईअड्डामा युक्रेनको ड्रोन आक्रमण : युद्ध खतरनाक मोडमा पुगेको संकेत

    टर्कीको इस्तानबुलमा रुस र युक्रेनबीच सोमवार (जुन २) भएको शान्तिवार्ताको पूर्वसन्ध्यामा युक्रेनले आइतवार रुसी हवाईअड्डाहरूमा गरेको व्यापक ड्रोन आक्रमणले युद्ध थप खतरनाक दिशामा अघि बढिरहेको संकेत दिएको छ । रुसको रक्षा मन्त्रालयले देशका पाँचवटा हवाईअड्डामा आक्रमण भएको पुष्टि गरेको छ । मुर्मान्स्क, इर्कुत्स्क, इभानाभो, रायाजान र आमुर क्षेत्रमा रहेको हवाईअड्डाहरू तारोमा परेका हुन् । तर कतिवटा विमानलाई…

  • बंगलादेशसँगको तनावका कारण नयाँ भूरणनीति बनाउँदै भारत

    बंगलादेशको अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुसले केही दिनअघि चीन भ्रमण गर्दा भारतको पूर्वोत्तर राज्यहरू भूपरिवेष्ठित भएको कुरा उठाएका थिए । हिन्द महासागरमा ती राज्यहरूको पहुँच नभएको भन्दै उनले बंगलादेशको बाटो भएर मात्र ती राज्यले समुद्रसम्म आवागमन गर्न सक्ने उनको भनाइ थियो । युनुसको यस कुरामा चित्त नबुझाएको भारतले स्थलमार्ग भएर बंगलादेशबाट भारतको उत्तरपूर्वी राज्यसम्म पुग्ने…

  • भारत–पाकिस्तान युद्धविराम: कसरी भयो सम्भव ?

    भारत र पाकिस्तानबीच युद्धविराम भएको घोषणासँगै यस युद्धबाट कसले के हासिल गर्‍यो भन्ने विषयमा बहस चल्न थालेको छ। गत अप्रिल २२ मा कश्मीरको पहलगाममा २६ जना पर्यटकलाई आतंकवादीहरूले हत्या गरेपछि भारतले ती आतंकवादीहरूलाई पाकिस्तानले प्रश्रय गरेको भन्दै पाकिस्तानमाथि आक्रमण गर्नका लागि अन्य मुलुकसँग कूटनीतिक पहल थालेको थियो । पाकिस्तानले चाहिँ घटनामा आफ्नो कुनै संलग्नता नरहेको…

  • पाकिस्तानी भूमिमा भारतको आक्रमण र त्यसको परिणाम

    भारतीय सेनाले मंगलबार राति पाकिस्तान अधीनस्थ कश्मीर र मुख्य भूभागमा आक्रमण गरेको छ। अपरेसन सिन्दूर नाम दिइएको उक्त कारबाहीका क्रममा कुल नौ स्थानमा आक्रमण गरिएको हो र ती ठाउँहरूमा आतंकवादीहरूको बाक्लो गतिविधि हुने गरेको भारतीयहरूको दाबी छ। गत अप्रिल महिनामा भारतको जम्मु कश्मीरस्थित पर्यटकीय क्षेत्र पहलगाममा ‘द रेजिस्टेन्स फ्रन्ट’ नामक आतंकवादी समूहको आक्रमणमा एक नेपाली…

  • ‘द वर्ल्ड आफ्टर गाजा’ पुस्तक समीक्षाः उदारवादी पश्चिमको पाखण्डको भण्डाफोर

    विगत डेढ वर्षदेखि इजरायल र हमासबीच चलिरहेको युद्धमा मानवीयताको दिनदिनै हत्या भइरहेको छ । प्यालेस्टाइनी समूह हमासले सन् २०२३ को अक्टोबर ७ मा लगभग १२ सय इजरायलीको ज्यान जाने गरी गरेको हमलाको जवाफमा इजरायलले चलाएको सैन्य कारवाहीमा परी अहिलेसम्म ५० हजारभन्दा बढी प्यालेस्टाइनीहरूको मृत्यु भइसकेको छ । संघर्षविरामको कुरा चलिरहेको भए पनि प्यालेस्टाइनीहरूमाथि इजरायलको आक्रमण…

  • पहलगाममा आतंकवादी आक्रमण : भारत र पाकिस्तानबीच छेडिएला युद्ध ?

    गत साता भारतको कश्मीरमा रहेको पर्यटकीय क्षेत्र पहलगाममा इस्लामी आतंकवादीहरूको आक्रमणमा एकजना नेपाली सहित २६ जनाको हत्या तथा २० जनाभन्दा बढी घाइते भएपछि भारत र पाकिस्तानबीच तनाव चुलिएको छ । द रेजिस्टेन्स फोर्स नामक समूहले आक्रमणको जिम्मेवारी लिएको छ । पाकिस्तानमा रहेको र त्यहाँको संस्थापन पक्षको आशीर्वाद पाएको आतंकवादी समूह लश्कर–ए–तैयबाबाट यो समूह छुट्टिएको र यसले…

  • आयातशुल्कमा ट्रम्पको ढुलमुल : चीनलाई झुकाउने प्रयास विफल

    अमेरिकालाई पुनः औद्योगिकीकरणको बाटोमा डोहोर्‍याएर महान् बनाउने उद्देश्यका साथ अन्य मुलुकबाट अमेरिकामा आयात हुने वस्तुमा अतिरिक्त कर लगाउने घोषणा गरेलगत्तै राष्ट्रपति डोनल्ड ट्रम्प त्यसलाई अस्थायी रोक लगाउन बाध्य भएका छन् । अमेरिकाको समकक्षी प्रतिद्वन्द्वी चीनका विरुद्ध १४५ प्रतिशत आयातकरको घोषणा ट्रम्पले गरेका थिए । चीनलाई चर्को आयातकरको तरवार झुण्ड्याएर आफूसँग सम्झौता गर्न बाध्य बनाउन सकिने…